Thursday, February 22, 2018

अमेरिका द्वारा कुलमान घिसिङको प्रशंसा

अमेरिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ ।

अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले एक दैनिकमा ‘भ्रष्टाचारविरुद्ध नागरिक शक्ति’शीर्षकको लेख प्रकाशित गरी लोडसेडिङको अन्त्य गरी भ्रष्टाचार विरुद्धको सङ्घर्षमा नेपालले सफलता हात पारेको उल्लेख गरेकी छिन् । उनले त्यसलाई सफलताको उदाहरण भएको भन्दै घिसिङको प्रशंसा गरेकी हुन् ।

गत वर्षको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएपछि घिसिङले लोडसेडिङको अन्त्य गरेका थिए । उनले प्राधिकरणको वित्तीय र प्रशासनिक सुधार गर्दै ‘उज्यालो नेपाल अभियान’ चलाइरहेका छन् ।

यसलाई भ्रष्टाचार विरुद्धको सङ्घर्षमा नेपालले सफलता हात पारिसकेको उल्लेख गर्दै राजदूत टेपलेट्जले यसबाट के प्रस्ट हुन्छ भने पारदर्शितातर्फ महत्वपूर्ण कदम चाल्न अझै धेरै मानिस तत्पर हुनसक्ने बताएकी छन् ।

उनी लेख्छिन् ‘सफलताको एउटा उदाहरण हो, नेपालको विद्युत आपूर्ति, लोडसेडिङबाट नेपालको अर्थतन्त्रमा ठूलो क्षति भयो र नेपालीहरू अँध्यारोमा रहन बाध्य भए । थुप्रै खोजमूलक पत्रकारहरूको कामबाट पछि विद्युतको अभाव कृत्रिम भएको र केही व्यक्तिको समृद्धिका लागि त्यसो गरिएको पत्ता लागेबाट लोडसेडिङ अनावश्यक रहेछ भन्ने पुष्टि भयो ।’

राजदूत टेपलेट्जल लोडसेडिङमार्फत गरिएको कार्टेलिङ तथा बासिन्दालाई प्रभावित गर्ने भ्रष्ट अभ्यास तोड्ने श्रेय एक जनालाई दिइएको बताएकी छन् । उनले लेखमा उल्लेख गरेकी छन् , ‘साहस फैलँदै जाने कुरा भएकाले घिसिङले कारबाही अघि बढाएसँगै अरूलाई पनि भ्रष्टाचार विरुद्ध सङ्घर्ष गर्ने साहस मिल्यो ।’

लोडसेडिङ अन्त्य भए लगत्तै नेपाली टाइम्स पत्रिकाले लेखेको समाचारको उल्लेख गर्दै उनले, ‘नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणभित्र सफाइ अभियान थालेपछि नै इन्जिनियर तथा सचेतकहरूलाई खुलेर बोल्ने साहस आयो र केही व्यक्तिलाई मात्र समृद्ध बनाउन राष्ट्रिय अर्थतन्त्रलाई धराशायी बनाउँदै अनि लाखौं नेपालीलाई एक दशकसम्म कष्टपूर्ण जीवन बिताउन बाध्य पार्दै सञ्चालित हुने विकृत व्यवस्थाबारे उनीहरूले मुख खोले  ।’

साताको अन्तिम कारोवार दिन बिहिबार पनि नेप्से घट्यो

काठमाडौं, १० फागुुन । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से घटेको छ । आज नेप्से शुन्य दसमलव एक अंकले घटेर १३ सय ८६ दसमलव ९८ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव १३ अंकले घटेर दुुई सय ९३ दसमलव २५ अंकमा पुुगेको छ ।


एक सय ५७ कम्पनीहरुको चार हजार दुुई सय ६२ वटा कारोवारमा १० लाख ८६ हजार ४१ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ४२ करोड ५० लाख सात हजार नौ सय ४५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको कारोवार सुचक घटेर चार वटाको बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४१ अंकले घटेर १२ सय १४ दसमलव ८९ अंकमा कायम रहेकोमा १३ करोड ५९ लाख ६३ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक तीन दसमलव १५ अंकले घटेर १७ सय ४२ दसमलव ११ अंकमा कायम रहेकोमा एक करोड ६१ लाख ४३ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

बीमा समुहको सुचक ३४ दसमलव ६६ अंकले घटेर छ हजार नौै सय ९८  दसमलव ९६ अंंकमा कायम रहेकोमा आठ करोड १६ लाख ६४ हजार चार सय रुपैयाँको सेयर कारोवार भएको छ । होटल र लघुबित्त समुहको सुचक  पनि आज घटेको छ ।

बिकास बैंक समुहको सुचक भने आज तीन दसमलव नौ अंंकले बढेर १५ सय ७९ दसमलव ५४ अंकमा कायम रहेकोमा पाँच करोड १० लाख ४८ हजार रुपैयाँको सेयर कारोवार भएको छ । यसबाहेक फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचकपनि आज सामान्य अंंकले बढेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा बोर्टलस नेपाल (तराई) लिमिटेड परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा नागवेली लघुबित्त बिकास बैंक परेको छ । रकम कारोवारका आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर अग्रस्थानमा परेको छ ।

खतिवडा अर्थमन्त्री बन्ने हल्ला सँगै तर्सित शेयर तथा जग्गाका लगानी कर्ता

खतिवडा अर्थमन्त्री बन्ने हल्ला सँगै तर्सित शेयर तथा जग्गाका लगानी कर्ता

पूर्व गभर्नर डा. युवराज खतिवडाले अर्थमन्त्री बन्ने हल्ला सँगै घरजग्गाा तथा शेयर लगानीकर्ता त्रसित भएका छन्। आफ्नो ५ बर्ष गभर्नर हुँदा घरजग्गा तथा सेयर बजारप्रति कडा टिप्पणी र कठोर नीति अपनाउने खतिवडालाई लगानीकर्ताहरुले त्यति रुचाएको देखिदैन।

नयाँ सरकार गठन सँगै ३६ अंकले बढेको नेप्से परिसुचक त्यसपछिका दिनमा लगातार दोहोरो अंक जस्तैले घटिरहेको छ । एक्कासी उत्साहित बनेको पुँजी बजार फेरि किन घट्यो भन्ने प्रश्न उब्जनु स्वाभाविक नै हो ।

डा। खतिवडा गभर्नर भएकै बेलामा सेयर धितोमा पाइने मार्जिन लेन्डिङको सीमा तोकिएको थियो भने उनी अघिका गभर्नर विजयनाथ भट्टराईले कार्यान्वयनमा ल्याएको घरजग्गा क्षेत्रमा जाने बैंकिङ कर्जाको सीमा तोक्ने नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिएको थियो । पूर्ववति गभर्नर भट्टराईको पालामा आएको घरजग्गा क्षेत्रमा कर्जाको सीमा तोक्ने कार्यलाई कतिपयले डा। खतिवडाकै कार्यकालमा आएको भनेर उल्लेख समेत गर्ने गरेका छन् ।

डा। खतिवडालाईलाई सेयर बजारप्रति नकारात्मक ब्यक्तिका रुपमा चर्चा गर्ने गरिन्छ । उनका सार्बजनिक अभिब्यक्तिले पनि त्यस्तै संकेत गर्ने गरेको थियो । डा। खतिवडालाई भाबी अर्थमन्त्री वा अर्थराज्यमन्त्रीका रुपमा चर्चा गरिएपछि सेयर बजार घटेको भनेर केही लगानीकर्ताले टिप्पणी गर्न थालेका छन् ।

खासमा भन्ने हो भने अहिले सेयर बजार घट्नै नै समय हो । सुचिकृत अधिकांश कम्पनीहरुले अघिल्लो बर्षको नाफाबाट दिने लाभांस दिइसकेका छन् । जसको कारण सेयर बजारमा बोनस सेयरको आपूर्ति बढेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउन जारी गरेको हकप्रद सेयरका कारण पनि बजारमा सेयरको आपूर्ति अत्याधिक बढेको छ ।

यही समयमा बैंकिङ क्षेत्र तरलता अभावको समस्यामा छ । तरलता अभाबको कारण बैंकहरुले दिने कर्जाको ब्याजदर १५ प्रतिपशतभन्दा बढी छ । सुचिकृत कम्पनीले दिने औसत बार्षिक प्रतिफल पनि त्यही १५ प्रतिशतको हाराहारीमा छ । कम्पनीको सेयरमा लगानी गर्दा कर्जाको ब्याज र कम्पनीले दिने प्रतिफल करिब उस्तै भएपछि बजारमा लगानीकर्ता निरुत्साहित हुन स्वाभाविक नै हो ।

बुधबार पुँजी बजार मापक नेप्से परिसुचक ९।६४ अंकले घटेर १३८७।०८ बिन्दुमा आइपुगेको छ भने सो दिन करिब २८ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।

रसुवागढी र साञ्जेनको साढे २ अर्बको आइपिओ शुक्रबारदेखि बिक्री हुँदै

काठमाडौँ । धितोपत्र बजारमा शुक्रबारदेखि २ अर्ब ५१ करोड ६० लाख  रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले शुक्रबारदेखि एकै पटक आईपीओ बिक्री गर्ने भएका हुन् ।

दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका ६ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।


रसुवागढी आयोजनाका प्रमुख माधव कोइरालाका अनुसार साधारण शेयर निष्कासनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको सहायक कम्पनीका रुपमा रहेका साञ्जेन रसुवागढीले एकै पटक एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने भएपछि आवेदनकर्तालाई समेत सहज हुने विश्वास लिइएको आयोजना प्रमुख कोइरालाको भनाइ छ ।

ती दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी शेयर पाउने छन् । सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको बढीमा ३०० कित्ता शेयर आवेदन गर्न सक्नेछन् भने रसुवागढीका लागि बढीमा ५०० कित्ता शेयर आवेदन गर्ने व्यवस्था मिलाइएको छ । कोषका कर्मचारीले भने २ हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

रसुवागढीले १ अर्ब ६४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई १ करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्कासन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी १ अर्ब ७५ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ ।

रसुवागढीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ ।

आयोजना सन् २०१९ को डिसेम्बरमा सक्ने गरी कार्ययोजना बनाइएको छ । आयोजनाको निर्माण चाइना वाटर एण्ड इलेक्ट्रिसिटी कर्पोरेशनले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलतर्फ भारतको भ्वाइथ हाइड्रो लिमिटेड रहेको छ । १३ अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चयकोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३.५ प्रतिशत एवं सञ्चयकर्ताको १९ .५ प्रतिशत लगानी रहनेछ ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले ८७ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ शुक्रबारदेखि बिक्री गर्नेछ । सो कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । रसुवामा नै सो कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२.५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ ।

आयोजना प्रमुख किरण श्रेष्ठले सबै तयारी सकिएकाले अब शुक्रबारदेखि आईपीओ बिक्री गरिने जानकारी दिए। एकपछि अर्को गर्दै साधारण शेयर जारी गर्ने तयारीमा जलविद्युत् कम्पनी लागेपछि कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोषलगायतका संस्थाले हितग्राही खाता नभएकालाई तत्काल हितग्राही खाता खोल्न सूचनामार्फत आग्रह गरिरहेका छन् । दुवै कम्पनीको शेयर सी आश्वा’ प्रणालीबाट आवेदन दिने व्यवस्था मिलाइएको छ ।

शेयर बजारका बारेमा विश्लेषण गर्दै आएका विश्लेषक निरव पुडासैनीका अनुसार पूँजी बजारको विविधीकरणका लागि ठूलो मात्रामा साधारण शेयर आउनु सकारात्मक देखिन्छ । उनले केही समयपछि बजारमा उक्त कम्पनीमा लगानी गरिएको रकमसमेत आउने भएकाले त्यसले लगानीका लागि थप अवसर विस्तार गर्ने विश्वास व्यक्त गरे। रासस

Saturday, January 27, 2018

ओली र प्रचण्डबीच गोप्य वार्ता

काठमाडौं: पार्टी एकतालाई निचोडमा पुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार राति गोप्य वार्ता भएको छ ।


पोखरामा भएको सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गरेर एमाले अध्यक्ष ओली काठमाडौँ फर्किएपछि शुक्रबार राति दुई नेताबीच गोप्य वार्ता भएको हो ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले एकता स‌ंयोजन समितिका सदस्यहरु सुवास नेम्बाङ र रामबहादुर थापा 'बादल' बाट ब्रिफिङ लिएपछि दुई नेताबीच राजधानीको गोप्य स्थानमा वार्ता भएको हो ।

संयोजन समितिमा रहेका दुवै नेताले ब्रिफिङ गरेपछि ओली र प्रचण्डबीच शुक्रबारै राति गोप्य वार्ता भएको स्रोतले जनाएको छ । दुई नेताबीच भएको वार्ताबारे दुवै पार्टीका नेताहरुले केही खुलाएका छैनन् ।

तर, पार्टी एकतालाई निचोडमा पुर्‍याउन भन्दै दुई नेताबीच छलफल भएपछि प्रचण्ड शनिबार बिहान चितवन लागेका छन् । ओली भने शनिबार दिउँसो काठमाडौँमै पार्टीको एउटा कार्यक्रम सहभागी भएका छन् ।

आईपीएल अक्सन: पहिलो राउन्डमा बिकेनन् क्रिस गेल

एजेन्सी: टी २० क्रिकेटका सबैभन्दा विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई आईपीए-११ को अक्सनको पहिलो राउन्डमा कुनै पनि टिमले किनेनन् । वेस्ट इन्डिजका यी स्टार खेलाडीलाई न्यूनतम् मूल्य २ करोड रुपैयाँ थियो । क्रिस गेल यसभन्दा पहिले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेङ्गलुरुबाट खेल्थे । उनलाई आईपीएलका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरुले अक्सनबाट रिलिज गरिदिएको थियो ।


क्रिस गेल जस्ता विस्फोटक ब्याट्सम्यानको स्थानमा बेङ्गलुरु टिमले यस पटक ब्रेन्डन म्याक्कुलमलाई आफ्नो टीममा समावेश गरेको छ । म्याक्कुलम पनि टी २० का उत्कृष्ट खेलाडी हुन् ।

म्याक्कुलमले नै २००८ मा आईपीएल इतिहासको पहिलो सेन्चुरी हानेका थिए । उनले यो प्रतियोगितामा जम्मा २ सेन्चुरी बनाएका थिए । तर यो मामिलामा क्रिस गेल नै शीर्ष स्थानमा छन् । उनले हालसम्म आईपीएलमा ५ सेन्चुरी बनाइसकेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा नाराबाजी र प्रदर्शन

काठमाडौं । यात्रुलाई तोकेको समयभित्र सौर्य एयर लाइन्सले गन्तब्यमा नलगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा नाराबाजी र प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंबाट भैरहवा उडान भर्नका लागि सुरक्षा जाँचका साथै बोर्डिङ पास लिएर बसेका यात्रुलाई सौर्य एयरलाइन्सले बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म अलपत्र पारेको हो ।
यात्रु गंगाराम भट्टराईका अनुसार सौर्य एयर लाइन्सले पूर्वजानकारी बिनै यात्रुलाई ढाँटेर धोका दिएपछि यात्रुहरूले विमानस्थलको आन्तरिक कक्षमा नारावाजी र घेराउ गरेका छन् ।


सौर्य एयर लाइन्सका अध्यक्ष दीपक पोखरेललाई झापाको भद्रपुर लैजानका लागि नेपालगञ्जको उडानलाई रद्द गरेपछि यात्रुले आक्रोश पोखेका हुन् ।

‘सौर्य एयर लाइन्सका अध्यक्ष दीपक पोखरेललाई भद्रपुर लैजानका लागि नेपालगञ्जको उडान रद्द गरेको हामीलाई जानकारी दिइएको छ’, यात्रु भट्टराईले भने, ‘एयरलाइन्सको काउन्टरमा बुझ्दा यो जानकारी पाएपछि यात्रुले नारावाजी र धर्ना दिएका छन् । त्रिभुवन विधानस्थलको आन्तरिक कक्षमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।’
सौर्य एयर लाईन्सले यसअघि पनि तोकिएको समयमा उडान भर्न नसकेर यात्रुलाई दुःख दिएको यसअघि पनि पटक पटक गुनासा आएका छन् ।

यात्रुले दुःख दिने सौर्य एयर लाइन्सलाई हदैसम्मको कारबाहीको माग समेत गरेका छन् ।

अमेरिका द्वारा कुलमान घिसिङको प्रशंसा

अमेरिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ । अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले एक दैनिकमा ‘भ...