Saturday, January 27, 2018

ओली र प्रचण्डबीच गोप्य वार्ता

काठमाडौं: पार्टी एकतालाई निचोडमा पुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार राति गोप्य वार्ता भएको छ ।


पोखरामा भएको सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गरेर एमाले अध्यक्ष ओली काठमाडौँ फर्किएपछि शुक्रबार राति दुई नेताबीच गोप्य वार्ता भएको हो ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले एकता स‌ंयोजन समितिका सदस्यहरु सुवास नेम्बाङ र रामबहादुर थापा 'बादल' बाट ब्रिफिङ लिएपछि दुई नेताबीच राजधानीको गोप्य स्थानमा वार्ता भएको हो ।

संयोजन समितिमा रहेका दुवै नेताले ब्रिफिङ गरेपछि ओली र प्रचण्डबीच शुक्रबारै राति गोप्य वार्ता भएको स्रोतले जनाएको छ । दुई नेताबीच भएको वार्ताबारे दुवै पार्टीका नेताहरुले केही खुलाएका छैनन् ।

तर, पार्टी एकतालाई निचोडमा पुर्‍याउन भन्दै दुई नेताबीच छलफल भएपछि प्रचण्ड शनिबार बिहान चितवन लागेका छन् । ओली भने शनिबार दिउँसो काठमाडौँमै पार्टीको एउटा कार्यक्रम सहभागी भएका छन् ।

No comments:

Post a Comment

अमेरिका द्वारा कुलमान घिसिङको प्रशंसा

अमेरिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ । अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले एक दैनिकमा ‘भ...