Friday, January 26, 2018

मन्त्रिपरिषद् बैठकले ५६ जनालाई शहीद घोषणा

काठमाडौं, माघ १३ । मुलुकका लागि जीवन उत्थ्सर्ग गरेका व्यक्तिहरूलाई अवमूल्यन गर्दै सरकारले आफूखुशी शहीद घोषणा गर्न थालेको छ। कामचलाउ सरकार कुर्सी छोड्नुअघि मन्त्रीको गोजीबाट नाम निकाल्दै शहीद घोषणा गर्न अग्रसर रह्यो।


गृह मन्त्रालयका सहायक प्रवक्ता उमेश ढकालले शहीद घोषणा प्रक्रिया घोषणा प्रक्रिया वैज्ञानिक र वस्तुनिष्ठ हुन नसकेको स्वीकार गरे। शेरबहादुर देउवानेतृत्वको सरकारले आठ महिनाको अवधिमा दुई सय ६६ जनालाई शहीद घोषणा गरिसकेको छ।

तीमध्ये एक सय १० जनालाई पुस ३ मा एकै दिन शहीद घोषणा गरिएको हो। पछिल्लोपष्टक बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५६ जनालाई शहीद घोषणा गरेको छ।

साउन १२ मा आठ जनालाई र साउन ५ मा १२ जनालाई शहीदको सूचीमा राखिएको थियो। पुस ३ को निर्णय भने सरकारले गोप्य राखेको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार सो दिन तीन दर्जनलाई मात्र शहीद घोषणा गर्ने प्रस्ताव गृहबाट आएको थियो तर मनत्रीको गोजीबाट नाम थपेर एक सय ९० जना पुर्याइएको थियो।

प्रधानमन्त्री कार्यालयले एक सय ९० जनालाईशहीद सूचीमा राखेको चिठी झण्डै एक महिनापछि गृह मन्त्रालयमा पठाएको थियो। -अन्नपूर्ण पोस्ट

No comments:

Post a Comment

अमेरिका द्वारा कुलमान घिसिङको प्रशंसा

अमेरिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ । अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले एक दैनिकमा ‘भ...