Saturday, January 27, 2018

ओली र प्रचण्डबीच गोप्य वार्ता

काठमाडौं: पार्टी एकतालाई निचोडमा पुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार राति गोप्य वार्ता भएको छ ।


पोखरामा भएको सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गरेर एमाले अध्यक्ष ओली काठमाडौँ फर्किएपछि शुक्रबार राति दुई नेताबीच गोप्य वार्ता भएको हो ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले एकता स‌ंयोजन समितिका सदस्यहरु सुवास नेम्बाङ र रामबहादुर थापा 'बादल' बाट ब्रिफिङ लिएपछि दुई नेताबीच राजधानीको गोप्य स्थानमा वार्ता भएको हो ।

संयोजन समितिमा रहेका दुवै नेताले ब्रिफिङ गरेपछि ओली र प्रचण्डबीच शुक्रबारै राति गोप्य वार्ता भएको स्रोतले जनाएको छ । दुई नेताबीच भएको वार्ताबारे दुवै पार्टीका नेताहरुले केही खुलाएका छैनन् ।

तर, पार्टी एकतालाई निचोडमा पुर्‍याउन भन्दै दुई नेताबीच छलफल भएपछि प्रचण्ड शनिबार बिहान चितवन लागेका छन् । ओली भने शनिबार दिउँसो काठमाडौँमै पार्टीको एउटा कार्यक्रम सहभागी भएका छन् ।

आईपीएल अक्सन: पहिलो राउन्डमा बिकेनन् क्रिस गेल

एजेन्सी: टी २० क्रिकेटका सबैभन्दा विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई आईपीए-११ को अक्सनको पहिलो राउन्डमा कुनै पनि टिमले किनेनन् । वेस्ट इन्डिजका यी स्टार खेलाडीलाई न्यूनतम् मूल्य २ करोड रुपैयाँ थियो । क्रिस गेल यसभन्दा पहिले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेङ्गलुरुबाट खेल्थे । उनलाई आईपीएलका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरुले अक्सनबाट रिलिज गरिदिएको थियो ।


क्रिस गेल जस्ता विस्फोटक ब्याट्सम्यानको स्थानमा बेङ्गलुरु टिमले यस पटक ब्रेन्डन म्याक्कुलमलाई आफ्नो टीममा समावेश गरेको छ । म्याक्कुलम पनि टी २० का उत्कृष्ट खेलाडी हुन् ।

म्याक्कुलमले नै २००८ मा आईपीएल इतिहासको पहिलो सेन्चुरी हानेका थिए । उनले यो प्रतियोगितामा जम्मा २ सेन्चुरी बनाएका थिए । तर यो मामिलामा क्रिस गेल नै शीर्ष स्थानमा छन् । उनले हालसम्म आईपीएलमा ५ सेन्चुरी बनाइसकेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा नाराबाजी र प्रदर्शन

काठमाडौं । यात्रुलाई तोकेको समयभित्र सौर्य एयर लाइन्सले गन्तब्यमा नलगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा नाराबाजी र प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंबाट भैरहवा उडान भर्नका लागि सुरक्षा जाँचका साथै बोर्डिङ पास लिएर बसेका यात्रुलाई सौर्य एयरलाइन्सले बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म अलपत्र पारेको हो ।
यात्रु गंगाराम भट्टराईका अनुसार सौर्य एयर लाइन्सले पूर्वजानकारी बिनै यात्रुलाई ढाँटेर धोका दिएपछि यात्रुहरूले विमानस्थलको आन्तरिक कक्षमा नारावाजी र घेराउ गरेका छन् ।


सौर्य एयर लाइन्सका अध्यक्ष दीपक पोखरेललाई झापाको भद्रपुर लैजानका लागि नेपालगञ्जको उडानलाई रद्द गरेपछि यात्रुले आक्रोश पोखेका हुन् ।

‘सौर्य एयर लाइन्सका अध्यक्ष दीपक पोखरेललाई भद्रपुर लैजानका लागि नेपालगञ्जको उडान रद्द गरेको हामीलाई जानकारी दिइएको छ’, यात्रु भट्टराईले भने, ‘एयरलाइन्सको काउन्टरमा बुझ्दा यो जानकारी पाएपछि यात्रुले नारावाजी र धर्ना दिएका छन् । त्रिभुवन विधानस्थलको आन्तरिक कक्षमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।’
सौर्य एयर लाईन्सले यसअघि पनि तोकिएको समयमा उडान भर्न नसकेर यात्रुलाई दुःख दिएको यसअघि पनि पटक पटक गुनासा आएका छन् ।

यात्रुले दुःख दिने सौर्य एयर लाइन्सलाई हदैसम्मको कारबाहीको माग समेत गरेका छन् ।

संविधान संशोधनका लागि तयार छौँ: एमाले महासचिव

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताउनुभएको छ ।


अखिल नेपाल महिला संघले आज स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेशी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको स्पष्ट गर्नुभयो । एमालेले प्रदेश नं २ मा मधेशी दलको नेतृत्वमा सरकार बनाउन पनि पार्टीले समर्थन गर्न सक्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी र मधेशी जनाधिकार फोरम नेपालले प्रदेशको सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधनको माग राख्दै आएको छ । “हामीलाई जुन प्रकारले मधेश विरोधी भनेर चिनाउन खोजिएको छ, त्यो गलत हो, हामी जायज मागमा संशोधन र सहकार्यका लागि तयार छौँ ।” महासचिव पोखरेलले भन्नुभयो, “औचित्यले पुष्टि गरेमा शक्ति सन्तुलनको विन्यासका आधारमा संविधान संशोधन सधैंखुल्ला रहन्छ ।”

अर्को प्रश्नमा उहाँले नेकपा माओवादी केन्द्र सँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढे पनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने बताउनुभयो । उहाँले पार्टी एकतापछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमा आलोपालो नेतृत्व भन्ने सवाल नरही नेताको कार्यविभाजन हुने जनाउनुभयो ।

साभार: News24Nepal

प्राकृतिक स्रोतको बहुउपयोगबाट मात्रै देशको विकास- राष्ट्रपति भण्डारी

काठमाडौंँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ को आज यहाँ उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोतको बहुउपयोगबाट मात्रै देशको विकास हुने भएकाले त्यसका लागि प्रभावकारी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।


राष्ट्रपति भण्डारीले भन्नुभयो “स्वदेशी तथा विदेशी लगानी भित्र्याएर जलविद्युत् क्षेत्रको विकासमा सरकार लागिपर्नेछ भन्ने मैले विश्वास लिएको छु । ऊर्जा संकट सामना गरिरहेको नेपाललगायत दक्षिण एशियाली मुलुकका लागि हाम्रो प्राकृतिक स्रोत महत्वपूर्ण हुन सक्छ ।”

नेपालको भूवनोटका कारण वायु, सौर्य ऊर्जाको पनि प्रचुर सम्भावना रहेको भन्दै उहाँले दिगो अर्थतन्त्रको विकासका लागि समेत साधन र स्रोतको प्रयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग गरेर मात्रै आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्न सकिने भएकाले त्यसमा विशेष दक्षता र सुझबुझका साथ सरकार प्रस्तुत हुने राष्ट्रपति भण्डारीको विश्वास थियो ।

नेपालमा कूल छ हजार बढी नदीनाला रहेको भन्दै र नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको भए पनि एक हजार मेगावाटको आसपासमा मात्रै उत्पादन गरेर बस्नुपर्ने वाध्यता रहनु दुःखद् रहेकाले आगामी दिनमा गुणात्मक फड्को मार्ने राष्ट्रपतिको भनाइ थियो ।
साभार: News24Nepal

चिसोको कारण एक करोडभन्दा बढीको माछा मरे

– रामहरी न्यौपाने
नुवाकोट,रासस । समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् ।


बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो ।

पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको तापक्रम कम भएर क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा कमलराज गैरे जानकारी दिनुभयो । उहाँका अनुसार बचुवा माछालाई कम्तीमा २० डिग्री तापक्रम चाहिने भएकाले असोजसम्ममा बिक्री गरिसक्नु पर्ने थियो, त्यो नहुँदा क्षति पुगेको हो ।

खोलाको पानी चिसो हुँदै आएपछि इनारको पानी तानेर आगो बाल्ने तथा विद्युतीय प्रविधिबाट तताएर पोखरीमा मिसाएर बचाउन गरेको प्रयास असफल भएको किसान पाण्डेले बताउनुभयो । जमिनमुनीको पानी २६ डिग्रीसम्म हुने गरेकोमा अत्यधिक चिसोले २० डिग्री मात्रै आयो ।” उहाँले भन्नुभयो “त्यो पानी पोखरीमा राख्दा १५ डिग्रीसम्म झर्ने भएकाले तताएर राख्दासमेत बचाउन सकिएन, सबै मरे ।”

उहाँले व्यक्तिगत रुपमा रु तीन करोड लगानी गरेर गएको वर्षदेखि सञ्चालनमा ल्याएको माछा फर्ममा बंगलादेशबाट दुई लाख १५ हजार भुरा किनेर ल्याई यो वर्षदेखि पालन शुरु गर्नुभएको थियो । “गएको फागुनमा राखिएका भुरा भदौदेखि बिक्रीका लागि तयार भएका थिए,” पाण्डेले भन्नुभयो “रु पचास हजार मूल्य बराबरको माछा बिक्री गरें, बाँकी सबै मरेर गए ।”

कृषि विकास कार्यालयले फर्ममा रहेका करिब एक लाख ५० हजार मूल्य बराबरका माछा समयमै बिक्री नहुँदा ५५ टन क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ । कृषि विकास कार्यालयका प्रमुख गैरेका अनुसार माछाको बजार मूल्य प्रतिकेजी रु २०० भएकाले मरेका माछाबाट पाण्डेलाई रु एक करोड १० लाख क्षति पुगेको भन्दै पीडित किसानलाई राहत उपलब्ध गराउन केन्द्रमा पठाइएको छ ।

भदौमा नै तयार भएका माछाको बजार अभावले समयमै बिक्री नहँुदा मंसिर अन्तिम सातादेखि माछा मर्न थालेको पाण्डेले बताउनुभयो । “माछाको भूरा ल्याउँदा मात्रै रु एक करोड २० लाख खर्च भएको थियो ।” पाण्डेले भन्नुभयो “हुर्काउन दानादेखि दूधसमेत खुवाएर दुई वटाले नै एक किलोग्राम हुने बनाएको थिए ।”

बजारको अनुसन्धान र मागअनुसार माछापालन गरेको भए पनि भारतबाट आएका माछासँग प्रतिस्पर्धा गर्न नसक्दा आफूले क्षति बेहोरेको उहाँको गुनासो छ । पाण्डेका अनुसार भारतबाट आएको यही जातका माछा रु १५० मा कारोबार हुने भएकाले स्थानीय उत्पादनका माछाले बजार नपाउँदा ठूलो नोक्सान खेप्नुपरेको हो ।

“बैंकबाट ऋण लिएर सञ्चालन शुरु गरेको फर्ममा माछासँगै कुखुरासमेत पालनको तयारी गरे पनि रु एक करोडभन्दा बढी क्षति भएकाले राहत नपाए आफू नै मर्नुको विकल्पमा नभएको” उहाँले दुखेसो पोखें ।

सरकार गठनभन्दा पहिला पार्टी एकता - प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताएका छन् ।

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

उनले भने–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ ।” आज भोलिनै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उनले भने


उनले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने बताए । देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आवश्यक रहेको अध्यक्ष प्रचण्डले विचार व्यक्त गरे ।
अहिलेको काम चलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गरेर गल्ती गरेको उनले बताए ।
उनले अहिलेको निर्णयबाट नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको धारणा राखे ।

माडीको बाँदरमुढे घटनामा मृत्यु भएकालाई शहीद घोषणा गरिएको विषयमा टिप्पणी गर्दै उनले जस्को नेतृत्वमा सरकार भयो त्यसले आफूखुसी शहीद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको बताए ।

अध्यक्ष दाहालले भने– “त्यसको एउटा मापदण्ड बनाएर त्यो भित्र रहेर मात्रै शहीद घोषणा गर्नु राम्रो हुन्छ ।” यद्यपि उनले शहीद घोषणा गरेकोमा आफ्नो कुनै आपत्ति भने नभएको बताए ।

मधेशवादी दल पनि अब बन्ने वाम गठबन्धनको सरकारमा सहभागी हुने उनले विश्वास व्यक्त गरे ।

साभार: News24Nepal

विष पिएर आत्महत्या गर्दै गरेको भिडियो रेकर्ड गरेर आफ्ना प्रेमीलाई पठाएछि

एक युवतीले आफूले विष पिएर आत्महत्या गर्दै गरेको भिडियो रेकर्ड गरेर आफ्ना प्रेमीलाई पठाएको सनसनीपूर्ण घटना बाहिर आएको छ ।


आफ्ना पूर्व प्रेमीले आफूलाई लगातार ब्ल्याकमेल गरेपछि पीडित बनेकी ती युवतीले आफूले विष पिउँदै गरेको भिडियो रेकर्ड गरेर प्रेमीलाई पठाइन् । लगत्तै विषका कारण उनको मृत्यु भयो ।

बुधबार बिहान यो घटना भएको बताइएको छ । ती युवतीको १० दिनपछि बिहे हुनेवाला थियो । ४ फेब्रुअरीमा दिन उनको बिहे तोकिएकोमा बिहेको ठिक १० दिनअघि उनले आत्महत्या गरिन् ।

भारतको महाराष्ट्रको भण्डारा जिल्लामा यस्तो घटना भएको हो । निशा देवीदास कावले नामकी ती युवती बिएस्सी पढ्ने विद्यार्थी भएको बताइएको छ ।

बुधबार बिहान ३ बजे निशाले आफ्नै कोठामा विष पिएकी थिइन् । परिवारले थाहा पाएलगत्ते उनलाई भण्डारा जिल्ला अस्पताल लगिएकोमा अस्पतालमा उनलाई मृत घोषित गरिएको हो ।

निशाका दाजुका अनुसार उनका पूर्वप्रेमी निखिलका कारण उनले आत्महत्या गरेकी हुन् । दाजु रविका अनुसार निखिलले पहिले निशालाई आफ्नो प्रेमजालमा फसाएर शोषण गरेपछि अहिले ब्ल्याकमेल गरिरहेका थिए ।

Friday, January 26, 2018

किन गर्यो वाईवाईले जनताको स्वास्थ्यमाथि खेलवाड !


साबधान , भुलेर पनि नखाउ वाईवाई ,चौधरी ग्रुपद्धारा उत्पादीत वाईवाई चाउचाउमा विषदि रसायन प्रयोग, २६ पीपीएम शिशा रहेको पुष्टी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)
काठमाडौँ । नेपालमा सर्वाधिक बिक्री हुदै आएको चौधरी ग्रुपद्धारा उत्पादन गर्दै आएको वाईवाई चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसाइन विषदीयुक्त रहेको भेटिएको विषदीयुक्त रहेको भेटिएको छ । सोही कारण भारतमा सो चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको छ ।
chaudhari waiwai
बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित वाईवाई चाउचाउमाथि भारत सरकारले प्रतिबन्ध लगाइएको हो । नेपाली ब्रान्ड उत्पादन मानिने वाईवाई चाउचाउमा धेरै अखाद्य तत्व रहेको पुष्टि भारतको तामिलनाडुस्थित खाद्य प्रयोगशालाले गरेको अनुसन्धानबाट खुलेको हो ।तामिलनाडुको खाद्य प्रयोगशाला ले गरेको अनुसन्धान अनुसार वाईवाई चाउचाउमा ७ दशमलव ४३ गुणा बढी लिड (शिशा) रहेको भेटिएको छ । लिडको मात्रा सबै चाउचाउमा हुने गर्दछ, तर २ दशमलव ५ पीपीएमभन्दा बढी लिड भएको चाउचाउ मानव स्वास्थ्यका लागि विषादी सरह मानिन्छ । वाईवाई चाउचाउमा २५ दशमलव ४५ पीपीएम लिड रहेको पुष्टी सो प्रयोगशालाले गरेको हो । लिडको मात्रा २ दशमलव ५ प्रतिशतभन्दा बढी भएको खाद्यवस्तु सेवन गर्दा शरीरमा अक्सिडेन्टको मात्रा बढ्न गई क्यान्सरले आक्रमण गर्ने, हड्डी कमजोर हुने, मुटुका भल्भहरू साँघुरिँदै जाने, मस्तिष्कमा रक्त प्रवाह गर्ने नलीहरू सुनिने, मुत्रासयमा मासु पलाउने, फिस्टुला र पायल्सको समस्या बढ्नेलगायतका रोगहरू देखा पर्दछन् ।
साथै, गर्भवती तथा प्रजनन् उमेरका महिलाहरूमा यस्तो लिडले सबैभन्दा ठूलो समस्या निम्त्याउने चिकित्सकहरूले जनाएका छन् । वाईवाई चाउचाउको प्रयोग बढेसँगै दक्षिणी भारतमा पाठेघर खस्ने, महिनावारी गडबड हुने, गर्भपतन हुने, सुस्तमनस्थितिको बच्चा जन्मने, महिनाबारी भएका बेलामा पेट दुख्ने, योनिबाट सेतो पानी बगिरहने लगायतका समस्या बढी देखिएपछि सो चाउचाउको बिक्री वितरणमा रोकनै लगाएको हो । एकाएक यस्ता विरामी बढेपछि हरेक खाद्य सामग्रीको परीक्षण सुरु गरिएको थियो । विशेषगरी जंक फुडहरूले यस्तो समस्या निम्त्याउने चिकित्सकहरूले बताउँदै आएपनि अत्याधिकमात्रामा बाईबाई चाउचाउ खानेहरुमा सो समस्या देखा परेको अनुसन्धानबाट खुलेको छ । चाउचाउमा अखाद्य तत्वको मात्रा भेटिएपछि तत्काल प्रतिबन्ध लगाएर वाईवाई चाउचाउमा परीक्षण गर्दा कहालीलाग्दो परिणाम देखिएको तामिलनाडुमा भएको परिक्षण रिपोटमा भनिएको छ ।
खाद्यविद्का अनुसार चाउचाउमा पाइने लिडले सबैभन्दा छिटो असर स्नायु प्रणालीमा पु¥याउने गरेको जनाएका छन् । हेर्दा आकर्षक र स्वादिलो बनाउन चाउचाउमा २० प्रकारका रसायनहरू प्रयोग गरिदै आएको छ, ती सबै रसायनहरू अखाद्य हुन् । वाइबाई चाउचाउमा अरु चाउचाउले समेत प्रयोग नगरिएको अखाद्य रसायन मोनोसोडियम ग्लुकोमेट समावेश गरिएको भेटिएको छ । मोनोसोडियम ग्लुकोमेट रसायनले टाउको दुख्ने, आँखा कमजोर हुने, श्रवण शक्ति नै गुम्ने, जिब्रोले स्वाद पाउन छाड्नेलगायतका समस्या उत्पन्न हुने गर्दछ । यसैगरी, आकर्षक देखाउन सिन्थेटिक ९एक प्रकारको प्लास्टिक० समेत वाईवाई चाउचाउमा प्रयोग गर्ने गरिएको फेला परेको छ ।
जसले बच्चाहरूलाई बढी असर पु¥याउने विज्ञहरूले जनाएका छन् । जसका कारण बच्चालाई एलर्जी हुने, त्यही चाउचाउबाहेक अरु खानेकुरा नरुच्ने, स्मरण शक्ति कमजोर हुने, पढाइमा ध्यान नजाने, छिटो रिसाउने, एकलै बस्ने, एकोहोरो हुनेलगायतका समस्या देखा पर्दछन् । यसैगरी, वाईवाईमा बीएचए र बीएचटी जस्ता डरलाग्दा रसायनसमेत भेटिएको छ । यी चाउचाउमा प्रयोग हुने तेलमा यस्ता डरलाग्दा रसायनहरू फेला परेका हुन् । यी रसायनहरूलाई क्यान्सरको स्रोत नै मानिन्छ । यसैगरी, वाईवाईमा स्वाद बढाउनका लागि अजिनोमोटो नामक रसायन पनि अत्यधिक मात्रमा प्रयोग गरिएको पाइएको छ । नुन नमिसिँदासम्म अजिनोमेटो रसायन खासै हानिकारक मानिँदैन, तर यो रसायनमा नुन मिसिनासाथ तेजाब जस्तै अर्को रसायन बन्छ । जसले आन्द्रा र पेटमा प्वाल पार्ने, अपच हुने, कब्जियत बढ्ने, स्वास फेर्ने गाह्रो हुँदै जाँदा दमको रोग उत्पन्न हुनेलगायतका समस्या उत्पन्न हुने विज्ञहरुको दाबी रहेको छ
खानेकुराका नाममा विषादी बिक्री वितरण भएर देशभरका अस्पताल भरिएपछि भारतले बिक्रीमा प्रतिबन्ध लगाएपनि नेपालमा भने सो चाउचाउको कुनै परिक्षण गरिएको छैन । नेपालमा वाईवाई चाउचाउलाई विना कारबाही बिक्री बितरण गर्न दिइएको छ । वाईवाई चाउचाउ उत्पादन गरेर विष बेच्ने गरेका विनोद चौधरीको अबैध कारोबारमाथी भने सरकारले कुनै कारबाही नगर्दा नियन्त्रण हुनेभन्दापनि झन तीब्रहुदै गएको छ ।
साभार : onlinepatrika

एक बिरामी आमा : जसले सडक–पेटीमा मोजा बेचेरै छोरीलाई अमेरिका पढ्न पठाइन्


काठमाडौँ : देशका विभिन्न जिल्लालाई जोड्ने काठमाडौंको गोंगबु बसपार्क । राजनीति जस्तै अस्तव्यस्त र फोहोर । वरिपरि दिनभरि धूलो उडिरहन्छ । मान्छेको आबादी बढेसँगै त्यहाँको अव्यवस्थित जिन्दगीले बाटो धूलाम्मे भइरहन्छ ।
यही अस्तव्यस्ततामा आफ्नो र सन्तानको भविष्य खोज्न दोलखाकी करुणा भण्डारी धूलोको पर्वाह नगरी सडकपेटीमा सानो व्यापार व्यवसाय गरिरहेकी छन् । ‘त्यति धूलो पनि छैन, त्यति व्यापार पनि छैन,’ उनको सहज उत्तर थियो ।
दोलखादेखि काठमाडौंसम्मको यात्रा भने करुणाले त्यसै गरेकी होइनन् । उनी काठमाडौं आउनुको पनि लामै कहानी छ । बेलाबेलामा टाउको दुखिरहने रोगले ग्रसित भएपछि करुणा काठमाडौं आएकी थिइन् ।
ek birami aama
महिनैपिच्छे दोलखाबाट काठमाडौं आउनुपर्ने भएपछि उनी यतै बस्ने निर्णय गर्दै थिइन् । उता आफ्ना स–साना नानीहरूलाई हुर्काउने जिम्मा पनि उनको काँधमा थियो । ‘आफूले त नपढेर दुःख पाइयो, भोलि छोरीहरूले जिन्दगीमा मैलेजस्तो दुःख नपाऊन्,’ उनी आफ्नो शुरुका दिन स्मरण गर्दै भन्छिन्, ‘आफू बिरामी भएपनि छोरीहरूको भविष्य बनोस् भनेर व्यापार थालेकी हुँ ।’
टाउको दुखिरहने रोगले काठमाडौं धाइरहनुपर्ने भएपछि करुणाले काठमाडौंमै बस्ने निर्णय गरिन् । अरूले गरेको देखेर नै उनले यतै केही गर्ने योजना बनाएकी थिइन् । ‘घरबाट पैसा आउने स्थिति थिएन । काम नथाली भएको थिएन । आफूले जानेको केही थिएन,’ करुणा सुनाउँछिन् ।
२०६२/६३ सालको जनआन्दोलन भर्खरै सकिएको थियो । देश पूरै परिवर्तनको तयारीमा थियो । त्यही समयमा उनले आफूसँग भएको ४ हजार ५ सय रुपैयाँको लगानीमा न्युरोडबाट खुद्रा कपडा किनेर गोंगबु बसपार्क वरिपरिको सडकपेटीमा बेच्न थालिन् ।
व्यापार थाल्नुको उद्देश्य उनलाई ठूलै व्यापारी बन्छु भनेर पनि थिएन । ‘घरबाट ल्याएको पैसा सकिहाल्यो । अरूले व्यापार गरेको देखेर नै मैले पनि व्यापार गर्न थालें ।’ उनले मुस्कुराउँदै सुनाइन्, ‘पेट पाल्न त परिहाल्यो नि । ममात्र पनि कहाँ थिएँ र ? दुई छोरी पनि ल्याएर आएकी थिएँ’, उनी हाँसिन् ।
पढाइको महत्त्व बुझेर नै उनले आफ्ना दुई छोरीलाई नर्सरी र कक्षा ४ मा भर्ना गरिदिइन् । त्यतिखेर उनीसँग पैसा भन्ने हुँदैनथ्यो ।
एक–एक महिनामा आउनु, हस्पिटलमा लामो समयसम्म बस्नु, स–साना केटाकेटीलाई छोडेर उपचारका लागि दौडिरहनु त्यतिबेला उनका लागि एकनासको कार्यतालिकाजस्तै भएको थियो । त्यसैले पनि उनले काठमाडौंमै दुःख गरेर छोरी पढाउने र आफ्नो उपचार खर्चको जोहो गर्ने सोच बनाएको करुणा सुनाउँछिन् ।
‘केटाकेटी काम गर्नसक्ने उमेरका थिएनन् । दिनभरि सडकपेटीमा बसेर मोजा बेच्थें, छोरीहरूलाई स्कूल पुर्याउथें,’ उनले संघर्षका कथा सुनाउँछिन्, ‘काठमाडौं आउने बेलामा त मसँग ७ हजार पनि थिएन होला । जे पर्छ, त्यही टर्छ भनेरै काठमाडौं आएँ ।’
टाउकोमा पानी जमेको थियो भनेर डाक्टरले भनेको उनी बताउँछिन् । त्यही कारण बेलाबेलामा तनावले उनी ढल्ने गरेकी थिइन् । अझै पनि औषधि सेवन गरिरहेको बताउने करुणा भन्छिन्, ‘अझै टाउको दुखिरहन्छ । फरक यत्ति हो, अहिले छोरीहरू हुर्किसके ।’
करुणा आफ्ना छोरीहरू सानैदेखि बुझ्ने भएको बताउँछिन्, ‘पाँच रुपैयाँको एउटा थिन आरारोट बिस्कुटले पाँचदिन सम्म पु–याउँथे छोरीहरूले । पानी खाएर बस्थे । मेरा छोरीहरू त खोले खाएरै हुर्केका हुन् ।’
छेउमा आमासँगै बसेकी कान्छी छोरी मुसुक्क हाँसिन् । उनलाई आमाको खुबै माया लाग्छ ।
समाजमा छोरीलाई पढाउनुहुँदैन भन्ने रूढिवादी मान्यता अझै पनि मेटिएको छैन । करुणाका श्रीमान् केदार भण्डारी शुरुका केही महिना काठमाडौं आइपुगेका थिएनन् किनकि उनले घरतिरैको व्यवहार सम्हाल्नुपर्ने थियो । सडकपेटीमा मोजा बेचेर छोरीहरू हुर्काउनु करुणाका लागि त्यति सजिलो थिएन ।
त्यहीमाथि महिनैपिच्छे अस्पताल गइरहनुपर्थ्यो । ‘बिहान तरकारी पकाएर बेलुकालाई पनि राख्नुपर्थ्यो । अहिले त धेरै सजिलो छ नि । छोरीहरूले दिनदिनै मासु खान खोज्छन् र पनि पुग्छ’, उनले आफ्नो आभा अलिकति उज्यालो पारिन् ।
जेठी छोरी अस्मिता ‘प्लस टू’ पछि छात्रवृत्तिमा बीएस्सी नर्सिङ पढ्न अमेरिका गएकी छन् । कान्छी छोरी एसईई रिजल्टको पर्खाइमा छिन् । छोरीहरूले भोलि आफ्ना सपना पूरा गर्नेछन् भन्नेमा बा–आमा मख्ख छन् ।
छोरीहरूको व्यवहार पनि राम्रो छ । यसको कारण आफैं नै हो कि भन्ने लाग्छ करुणालाई । ‘पहिलेबाट नै छोरीहरू बुझ्ने थिए । मेरो कुरा कहिल्यै काटेनन्,’ करुणा सुनाउँछिन् ।
शुरुका केही दिन निकै गाह्रो भएपनि श्रीमान् काठमाडौं आएपछि परिवार पाल्न अलिक सहज भयो करुणालाई । केदारको साथपछि उनीहरूले लगभग ८० हजार उधारोमा सानो पसल किन्ने आँट गरे ।
अहिले भने केही राहत मिलेको छ । पसल पनि छ । तर कमाइको हिसाबले फूटपाथमा बस्दा नै बढी कमाइ हुन्थ्यो भन्छिन् करुणा ।
पसल किनेको केही वर्षमा नै प्रहरीले फूटपाथमा भएका सबै पसल भत्काइदियो । उनीहरूले पनि सामान लगेर कोठामा थन्क्याए । पसलमा भएका केही सामान लिएर भाग्दै बेच्दै गएर दैनिकी चलाइन् करुणाले ।
‘एक वर्ष यसरी काम गर्दा पैसा कमाइ भएन । फेरि ऋण खोजेर यही पसल किन्यौं’, उनले हामी बसेर कुरा गरिरहेको पसल देखाउँदै सुनाइन् ।
त्यसोभए किन फेरि ऋण नै खोज्नुपर्यो त? करुणाले भनिन्, ‘उहाँ (श्रीमान्) ले आफैं कमाउने, आफैं उडाउने गर्नुभयो । पैसा जोगाउनुभएन ।’
‘म बिरामी हुँदा, काम पर्दा छोरीहरू सघाउन आउँथे, पसलमा बसेर पेन्टी बेच्थे । जेठी छोरी त अमेरिका जानुभन्दा एकहप्ता अघिसम्म फुटपाथमा बसेर कपडा बेच्थी,’ उनले हाँस्दै सुनाइन् ।
बिमार त बिस्तारै निको हुँदैछ भन्ने करुणालाई लागेको छ । तर उनलाई सधै काठमाडौंमै बस्ने हो भन्ने लाग्दैन । कान्छी छोरी आत्मनिर्भर बनेपछि उनी आफ्नो बाँकी जीवन दोलखामै गएर बिताउने योजनामा छिन् ।
बिरामी आमाको आँट देखेर छोरीहरू आमासँग कृतज्ञ छन् । बाबाको भूमिका गौण पारिदियो आमाको कडा मेहनतले ।

अब राजधानीमा मोनो रेल


काठमाडौं, २६ माघ

राजधानीवासीले रेल चढ्ने सपना देख्न थालेको वर्षौं बित्यो । तर, सपना पूरा कहिले होला ? अनुमान गर्न गाह्रो छ । पटकपटक उपत्यकामा मेट्रो रेलको चर्चा चल्दै आए पनि प्रगति शून्यप्रायः छ । मेट्रो रेलको सपना देखिरहेका राजधानीवासीलाई काठमाडौं महानगरपालिकाले फेरि अर्को रेल सपना देखाएको छ । महानगरपालिकाले काठमाडौंमा ‘स्काई ट्रेन’ को सम्भाव्यता अध्ययन गर्ने भएको छ । महानगरपालिकाले उपत्यकामा ‘स्काई ट्रेन’ अर्थात् ‘मोनो रेल’ कुदाउनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको हो ।
सम्भाव्यता अध्ययनका लागि महानगरले वाईबीडी साइमेक्स कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मेट्रो रेलभन्दा निर्माणमा सस्तो मोनो रेलको सम्भाव्यता एक वर्षभित्र सक्ने लक्ष्यसहित दुई वर्षभित्र छोटो रुटमा मोनो रेलको परीक्षण गर्ने लक्ष्य महानगरपालिकाको रहेको कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए । सम्झौताअनुसार वाईबीडी साइमेक्सले तीन महिनाभित्र उपत्यकाभित्र १० किलोमिटरको रुटमा सम्भाव्यता अध्ययन सकेर प्रारम्भिक रूपमा प्रतिवेदन पेस गर्नेछ । त्यस्तै, एक वर्षभित्र काठमाडौं उपत्यकाभित्र मोनोरेलको सम्भाव्यता अध्ययन सक्ने बताइएको छ ।

काठमाडौंमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो रहेको तमाङको भनाइ छ । उनका अनुसार महानगरले मोनो रेल सार्वजनिक–निजी साझेदारीअन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागेको हो ।
उपत्यकाको पूर्वाधार मेट्रो रेलभन्दा पनि मोनो रेलका लागि उपयुक्त भएकाले मोनो रेलको सम्भाव्यता अध्ययन गर्न लागिएको उनले बताए । ‘मेट्रो रेल जमिनमुनि कुद्ने भएकाले निर्माण तथा सञ्चालन लागत पनि बढी हुन्छ, मोनो रेल भने हाम्रो सहरको पूर्वाधारसँग म्याच हुने देखियो,’ उनले भने, ‘त्यसैले पनि यसलाई अगाडि बढाउन लागिएको हो ।’ सम्भाव्यता अध्ययनपछि कुन मोडालिटीमा मोनो रेल चलाइनेभन्ने निक्र्योल गरिने उनले बताए ।

घना बस्ती भएका स्थानहरूमा मोनो रेलको सम्भावना मेट्रो रेलको भन्दा बढी देखिन्छ । भारतमा १५ सहरमा मोनो रेल सञ्चालनमा छन् । त्यस्तै, बंगलादेशमा पनि यसको निर्माण भइरहेको छ । महानगरले दुई वर्षमा राजधानीमा मोनो रेल कुदाउने योजना सार्वजनिक गरे पनि रेल विभाग भने यो विषयमा अनभिज्ञ छ ।

देशभर रेलमार्ग विकासका लागि भन्दै गठन भएको रेल विभागलाई अहिलेसम्म राजधानीमा कुद्ने मोनो रेलका बारेमा जानकारी नभएको विभागका सिनियर डिभिजनले इन्जिनियर प्रकाश उपाध्यायले राजधानीलाई बताए । ‘अहिलेसम्म विभाग यस विषयमा अनभिज्ञ छ, हामीलाई आधिकारिक रूपमा कुनै पनि निकायले मोनो रेलका बारेमा जानकारी गराएको छैन,’ उनले भने ।

कहाँ पुग्यो काठमाडौं मेट्रो रेल ?

काठमाडौंमा मेट्रोको सम्भाव्यता अध्ययन गरी कोरियन कम्पनीले तयार गरेको रिपोर्टमा मेट्रो ७७ दशमलव २८ किमि लामो मेट्रो रेल लाइनको विस्तार गर्न सकिने उल्लेख छ । कोरियन कम्पनीले पेस गरेको प्रस्तावमा १४ वर्षभित्र ५५ करोड अमेरिकी डलरमा सबै काम सक्ने जनाएको थियो ।

गत पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता, नमुना अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा गठित कार्यदलले सञ्चालन लागतसहितको ढाँचाका बारेमा अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन तयार गर्ने बताइएको छ ।

काठमाडौंमा मेट्रो रेल चलाउँदा अकासे र भूमिगत दुवै मार्ग तय गर्नुपर्ने देखाएको थियो । औसत रूपमा काठमाडौंमा निर्माण हुने मेट्रो रेलको लागत प्रतिकिलोमिटर ७ अर्बभन्दा बढी लाग्ने कोरियन कम्पनीको अध्ययनले देखाएको छ । त्यति मात्र होइन, काठमाडौंको माटोले पनि मेट्रो रेल गुड्न महँगो हुने देखाउँछ ।

काठमाडौंमा मेट्रो रेल कसले कुन मोडालिटीमा चलाउने भन्ने पनि अन्योल छ । काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डलाई जिम्मा दिइए पनि रेल कसले बनाउने भन्ने टुंगो लागेको छैन ।

नेपालमा रेल सेवाको विकासका लागि रेल विभाग बनेको छ । सरकारले बनाएको मेट्रो रेलको सम्भाव्यता अध्ययन समितिमा विभागको पनि प्रतिनिधित्व छ । तर, बोर्डले मेट्रो रेलको अध्ययन मात्र गर्ने कि बनाउने पनि भन्ने अन्योल कायम रहेको विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए ।

के फरक छ मोनो र मेट्रोमा ?
  
मोनो रेल आकाशमाथि ट्रलीमा गुड्ने रेल हो । मुख्य गरी घना बस्ती तथा सडक भएका स्थानमा चौडा सडकमाथि फ्लाई ओभर बनाएर त्यसमाथि रेल गुडाइन्छ । एउटा मात्र लिकमा गुड्ने भएकाले मोनो रेल भनिएको हो । जमिनबाट उठाइएको एउटा बिमको सहारामा यो रेल गुड्छ ।

मोनो रेल घना बस्ती र साँघुरा सडकमाथि पनि निर्माण गर्न सकिन्छ । तर, मेट्रो रेल साँघुरा बस्तीमा बनाउन सकिँदैन । मोनोको तुलनामा मेट्रो रेल निर्माणमा अधिक समय लाग्छ । निर्माणमा सस्तो भएकाले मोनो रेलको गति तथा क्षमता मेट्रो रेलको भन्दा कम हुन्छ । मोनो रेल वातावरणमैत्री मानिन्छ । यसले मेट्रो रेलले भन्दा कम ध्वनि निकाल्छ । मोनो रेलको सम्भाव्यता अध्ययन समझदारीपत्रमा हस्ताक्षर गर्ने वाईबीडी साइमेक्सका अध्यक्ष प्रसिद्धजंग पाण्डेका अनुसार काठमाडौंमा मेट्रो रेलभन्दा मोनो रेल ८० गुणा सस्तो पर्छ । समयका हिसाबले पनि मेट्रो रेल निर्माणभन्दा मोनो रेल चाँडो बन्न सक्छ ।
साभारः राजधानी डेल्ली डट कम

करिना र साहिदको प्रेमकहानी,अमृता साहिदसँग नजिकिएपछि प्रेम टुटेको खुलासा


एजेन्सी । करिना कपुर र साहिद कपुर कुनै समयका प्रेममा थिए।अहिले भने दुबै छुट्टाछुट्टै बिहे गरेर आ–आफ्नो जिन्दगी जिइरहेका छन् । त्यो समयमा उनीहरूबीचको अफेयरको निकै चर्चा हुने गरेको थियो ।


तीन वर्ष जति अफेयरमा रहेका करिना र साहिद अहिले एक–एक सन्तानका अभिभावक बनिसकेका छन् । करिनाले अभिनेता सैफअली खानसँग बिहे गरिन् भने साहिदले कलेज गर्ल मीरा राजपुतसँग । करिनाको एक छोरा तैमुर छन् भने साहिदकी एउटी छोरी मिसा छिन् । भारतीय अनलाइन दैनिक भाष्करले करिना र साहिदबीचको अफेयरबारे केही नौलो कुरा सार्वजनिक गरेको छ ।
भाष्करका अनुसार करिना र साहिद सन् २००४ देखि तीन वर्षसम्म प्रेममा थिए ।

सन् २००० मा ‘रिफ्युजी’ फिल्मबाट डेब्यु गरेकी करिना र सन् २००३ मा ‘इस्क बिस्क’ फिल्मबाट डेब्यु गरेका साहिदको सन् २००४ मा ‘फिदा’ फिल्मको सेटमा प्रेम सुरु भएको हो । करिना साहिदप्रति यति धेरै आकर्षित भएकी थिइन् कि सुटिङकै क्रममा उनले साहिदलाई मनमा सजाइसकेकी थिइन् । करिनाले नै साहिदलाई पर्पोज गरेकी थिइन् । करिनाले केही वर्षअघि दिएको एउटा अन्तर्वार्तामा आफूले नै साहिदलाई बारम्बार फोन, एसएमएसमार्फत पर्पोज गरेको खुलाएकी थिइन् ।

साहिद र करिनाको प्रेम टुट्नुमा अर्की अभिनेत्री अमृता राव कारक भएको बताइन्छ । सन् २००६ मा ‘विवाह’ फिल्मको सुटिङका क्रममा अमृता साहिदसँग नजिकिएकी थिइन् । अमृताकै कारण साहिद र करिनाबीच वैमनस्य चुलिएको हो । यता, साहिद अमृतासँग नजिकिए, उता सन् २००७ मा ‘ल्याक्मी फेसन विक’मा करिना सैफअली खानका साथ देखिइन् । करिना र सैफले ‘ओमकारा’ फिल्ममा सँगै अभिनय गरेका थिए ।

आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या

पर्वत, माघ १३ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् ।


पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् ।

सोही मुद्दा उपर लामो समयको अनुसन्धान पछि शुक्रबार पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले दुबैलाई कैद सजाय हुनेगरी फैसला गरेको हो । शिशु हत्या गर्ने मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र विजयराजलाई २० वर्ष जन्म कैदको फैसला गरिएको हो ।

मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तत्पश्चात मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले हाडनाता र कर्तब्य ज्यान अन्तर्गत दुबैलाई सजायको माग गर्दै जिल्ला अदालतमा २०७३ मंसिर ९ गते मुद्दा दर्ता गराएका थिए ।

मन्त्रिपरिषद् बैठकले ५६ जनालाई शहीद घोषणा

काठमाडौं, माघ १३ । मुलुकका लागि जीवन उत्थ्सर्ग गरेका व्यक्तिहरूलाई अवमूल्यन गर्दै सरकारले आफूखुशी शहीद घोषणा गर्न थालेको छ। कामचलाउ सरकार कुर्सी छोड्नुअघि मन्त्रीको गोजीबाट नाम निकाल्दै शहीद घोषणा गर्न अग्रसर रह्यो।


गृह मन्त्रालयका सहायक प्रवक्ता उमेश ढकालले शहीद घोषणा प्रक्रिया घोषणा प्रक्रिया वैज्ञानिक र वस्तुनिष्ठ हुन नसकेको स्वीकार गरे। शेरबहादुर देउवानेतृत्वको सरकारले आठ महिनाको अवधिमा दुई सय ६६ जनालाई शहीद घोषणा गरिसकेको छ।

तीमध्ये एक सय १० जनालाई पुस ३ मा एकै दिन शहीद घोषणा गरिएको हो। पछिल्लोपष्टक बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५६ जनालाई शहीद घोषणा गरेको छ।

साउन १२ मा आठ जनालाई र साउन ५ मा १२ जनालाई शहीदको सूचीमा राखिएको थियो। पुस ३ को निर्णय भने सरकारले गोप्य राखेको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार सो दिन तीन दर्जनलाई मात्र शहीद घोषणा गर्ने प्रस्ताव गृहबाट आएको थियो तर मनत्रीको गोजीबाट नाम थपेर एक सय ९० जना पुर्याइएको थियो।

प्रधानमन्त्री कार्यालयले एक सय ९० जनालाईशहीद सूचीमा राखेको चिठी झण्डै एक महिनापछि गृह मन्त्रालयमा पठाएको थियो। -अन्नपूर्ण पोस्ट

Thursday, January 25, 2018

१६ वटा कौडा र ४ लाख ४० हजार रुपैयाँसहित पक्राउ परेका जुवाडे मु्द्दा नचली छुटे

काठमाण्डौ । जुवा खेल्दा–खेल्दै पक्राउ परेका ९ जना जुवाडेलाई प्रहरीले मुद्दा नै  नचलाई छाडेको छ ।


महानगरीय प्रहरी बृत्त सातदोबाटोले बुधबार ललितपुरको सानागाउँ लुभुबाट पक्राउ गरेका जुवाडेलाई बिहीबार मुद्दा नै नचलाई छाडेको छ ।

ललितपुरको सानागाउँस्थित शिवकुमार राईको घरबाट १६ वटा कौडा र ४ लाख ४० हजार रुपैयाँसहित ९ जना जुवाडेलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

जुवा खेल्दा–खेल्दै प्रहरीले घरधनी शिवकुमार राईसहित सानुकान्छा बस्नेत, सुशील न्यौपाने, हस्तमान स्याङ्तान, पूर्ण माली, रत्न माली, उमेश खत्री, कुमार थापामगर, बुद्धिराम डिम्डुङलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई जुवा ऐनअनुसार मुद्दा चलाउनु पर्नेमा म्यादै नथपी प्रहरीले छाडेको छ । सातदोबाटो प्रहरी बृत्तले लागूऔषध ब्यूरोका प्रमुख डीआइजी ठूले राईको दबाबमा छाडिएको स्रोतले बताएको छ ।

राई यसअघि ललितपुर प्रहरी परिसरका प्रमुख थिए । प्रहरीले जुवा खेल्दा–खेल्दै पक्राउ परेका जुवाडेहरुको मुद्दा सरकारी वकिल कार्यालयमार्फत् अदालतमा म्याद थपको प्रक्रिया शुरु गरी कम्तिमा एक हप्तामा मुद्दा दायर गर्दै आएको छ ।

तर, ललितपुरबाट बुधबार पक्राउ परेका जुवाडेको म्याद थपको लागि सरकारी वकिल कार्यालयबाट नलगी सोझै अदालतमा पेश गरी छुटाइएको थियो ।

सातदोबाटो बृत्तका प्रहरी प्रमुख सिलवालले जुवाडेबाट आर्थिक लाभ लिएर एक दिनमै अदालतमा मिलाई छाडेको आरोप छ । सातदोबाटो बृत्तका डीएसपी विनोद सिलवालले जुवा ऐनमा बरामद रकम जफत गरी राजश्वमा जाने ब्यवस्था गरेको बताए ।

हिजो समातेर म्याद नथपी छाडेको बारेमा डीएसपी सिलवालले भने–‘अदालतले नै छाडेको हो ।’

साभार: न्युज २४ नेपाल

शेयर बजारमा एनआरएनको दस अर्ब रुपैयाँ

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतमा विश्वभरका नेपाली समुदायबाट संकलन हुने १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोषको रुपमा नेपाली शेयर बजारमा भित्रिने भएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गत सोमवार अल्डरशटका आयोजित  'गैर आवासीय नेपाली पूर्वाधार विकास कोष’ सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गरे। नेपालको राजनीतिले समेत कोल्टे फेरेको अवस्थामा नेपालको पूर्वाधार विकासमा योगदान पुर्‍याउने उद्देश्यले कोषको स्थापना गरिएको अध्यक्ष भट्टले बताए।


कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपाली समुदायले परोपकारी क्षेत्रमा मात्र काम गरेर देशको उन्नति नहुने बताए। साच्चिकै देशलाई समृद्धिको बाटोमा लैजाने हो भने लगानीको विकल्प नभएको उपाध्यक्ष पन्तको तर्क थियो।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले नेपालमा पछिल्लो समयमा भएका राजनीतिक परिवर्तन दीगो हुन नसक्नुको पछाडी आर्थिक विकास भएको बताउँदै देशभित्र लागानीको लागि उचित समय भएको बताए। उनले संघले सुरु गर्न लागेको १० अर्बको कोषमा साना लगानीकर्तासमेत समावेश गरिने बताए। उनले निकट भविष्यमा सो कोषलाई आइपोओमा लैजान सकिने बताए।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपाली समूदायसँग मिलेर काम गर्न इच्छुक रहेको बताए।

अन्तर्क्रियामा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा राजनीतिक उपलब्धिहरु संस्थागत भइसकेको र स्थिर सरकार बन्न थालेको अवस्थामा संघले गरेको १० अर्ब लगानीको घोषणा ऐतिहासिक र दुरगामी सोचको कार्यक्रम भएको बताए। उनले पुराना आग्रह र पूर्वाग्रह राखेर देश नबन्ने जिकिर गर्दै नयाँ सोचका साथ अगाडि बढ्न आग्रह गरे।

कार्यक्रममा संघका सल्लाहकार डा. हेमराज शर्माले कार्यक्रमको विषय तथा लगानीको खाका प्रस्तुत गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चीन, भारतलगायत अफ्रिकन मुलुक गैरआवासीय नागरिकको प्रभावले ती देशले समृद्धिको बाटो लिएको बताए। उनले देश विकासमा गैरआवासीय नेपालीले उल्लेख्य रुपमा योगदान पु-याउन सक्ने बताउदैं नेपाल उर्वर भूमि भएका कारण जुनसुकै क्षेत्रमा लगानी गरे पनि प्रसस्त आम्दानी हुने बताए।

उनले संसारमा भइरहेको परिवर्तनअनुरुप नेपाल अगाडि बढेको बताए। उनले भने, ‘समय अनुकूल देशको नियम कानुनसमेत परिवर्तन हुँदै गएको छ, गैरआवासीय नेपालीले लगानीमा जोड दिनुपर्छ।’

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीको सुझावको आधारमा ५ बुँदे घोषणापत्र समेत जारी गरिएको थियो।

साभार: नागरीक न्यूज

जेब्राक्रसमै टिपरले ठक्कर दिएपछि तनाब


बुटवल, ११ माघ (रासस) ः जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई आज बिहान लु१ख ९८३९ नं को टिपरले ठक्कर दिएपछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।

घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दै गर्दा तीव्र गतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट सख्त घाइते हुनुभएकी भट्टराईको युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

टिपरले ठक्कर दिएपछि आक्रोशित समूहले सोही स्थानमै रोकेर आगजनी गरिदिएका थिए । आगजनीबाट टिपर पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ । सोही क्रममा आक्रोशित समूहले अन्य दुई वटा टिपरसमेत तोडफोड गरी क्षति पु¥याइदिएका छन् । जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको थियो ।
–––

Wednesday, January 24, 2018

काँग्रेस हारेपनि बिपी विचारको जित भयो : विश्वप्रकाश शर्मा

चितवन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीयरुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताएका छन्।
नेपाली काँग्रेस, चितवनले सोमबार आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उनले काँग्रेसको हार भएपनि बिपीको विचारको जित भएको बताएका हुन्।kangres harepani
बिपीको विचारलाई मनन गर्दै कम्युनिष्ट अघि बढ्न थालेको भन्दै उनले अहिलेको हारबाट काँग्रेसका कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताए। बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बिपीको विचारमा कम्युनिष्ट आइरहेको भन्दै उनले काँग्रेस हारे पनि देशले जित्नुपर्ने बताए।
काँग्रेसले मधेश—पहाड—तराई जोड्न सकेको भन्दै उनले बिपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताए। बिपीको विचारलाई परिस्कृत गर्दै समाज रुपान्तरण र पार्टी रुपान्तरणमा जानु आवश्यक रहेको नेता शर्माले बताए।
सोही कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य बद्रि पाण्डेले नेपालको राजनीतिमा अझै मेलमलापको आवश्यकता रहेको बताए। अहिले राजनीतिक मुद्दा सकिएको भन्दै उनले अब मेलमिलापका माध्यमबाट देशको विकास गर्नु आवश्यक रहेको बताए।
प्रजातन्त्रमा सबैको जित हुने भन्दै उनले सबै दलमा सहिष्णुताको आवश्यकता रहेको बताए। अब काँग्रेसजनले व्यक्तिगत इच्छालाई थाति राख्दै पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न जरुरी रहेको पाण्डेले बताए।
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व सांसद सावित्री बोगटी पाठक, पूर्व सभापति टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटालगायतको सहभागिता रहेको थियो। रासस

एक सय ४५ वर्षीय वृद्ध भन्छन्ः म मर्न चाहन्छु

एजेन्सीः सबै मानिस धेरै बाच्न चाहन्छन् । तर, संसारकै सबैभन्दा वृद्ध व्यक्तिको चाहना भने अलि फरक छ । इन्डोनेसियाका मबा गोथे अहिले १४५ वर्षका भए । उनको जन्म सन् १८७० मा भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।


उनको चाहना भने आम मानिसको भन्दा ठिक विपरित छ । उनले एक टेलिभिजनको तपाईं के चाहनु हुन्छ भन्ने प्रश्नको जवाफमा भनेका छन्, ‘मैले चाहेको मृत्यु हो ।’

सबैभन्दा धेरै बाँचेर विश्व समुदायलाई चकित पारेका गोथेको यो चाहनाले स्वभाविक लाग्छ किनकी उनका १० दाजुभाइ र दिदीबहिनी कोही छैनन् । उनका चार श्रीमती मात्र होइन उनका छोराछोरी समेत सबैको मृत्यु भइसकेको छ ।

उनी नातिनातिनाको शरणमा छन् । उनका नातिनातिना समेत वृद्ध भइसकेकाले उनी आफ्नो चाहना मृत्यु भएको बताउछन् । अन्तराष्ट्रिय सञ्चार माध्ययमले इन्डोनेसियाको सरकारलाई उद्धृत गर्दै लेखे अनुसार गोथेको जन्म सन् १८७० डिसेम्बर ३१ मा भएको हो ।
उनको जन्ममिति पुष्टि भए गोथेले संसारको सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने छन् ।

गोथेले लामो समयबाच्नुको कारण धैयता भएको बताएका छन् । उनी भन्छन्, ‘लामो जीवन बाच्नुको रााज भनेको केवल धैर्यता हो ।’ गोथे आँखा देख्न सक्दैनन् भने कान भने राम्ररी सुन्छन् ।

लामो जीवन बाँचेकोमा उनी पीडा पनि पोख्छन् । सन् १९९२ मा आफ्नै चिहान बनाएका थिए । तर, उनले चिहान बनाएको २४ वर्षसम्म समेत उनी जीवित छन् । उनी भन्छन्, ‘मैले सन् १९९२ मा नै चिहान बनाएँ, तर त्यसको २४ वर्षसम्म पनि म जीवितै छु ।’
यी संसारकै सबैभन्दा वृद्ध गोथे पहिलो विश्व युद्धमा ४४ वर्षका थिए भने दोस्रो विश्वयुद्धमा ७० वर्षका वृद्ध थिए ।

बालिकाको शरिरभरी रुख उम्रन थालेपछि

चार महिनाअघि जब १० वर्षीया शहाना खातुनको अनुहारमा रुखको जराजस्तो मुसा आउदा उनका बाबु त्यति चिन्तित थिएनन् । बंगलादेशको ग्रामीण इलाकामा बस्ने शहानाको अनुहारमा जब यो मुसाा फैलिन लाग्यो तब उनका बाबुलाई चिन्ता भयो र उपचारका लागि राजधानी ढाका आए ।


शहाना ‘ट्रि म्यान सिन्ड्रोम’ बाट प्रभावित निकै कम मानिसमध्ये एक हुन् र यदि उनीमाथि चिकित्सकले गरेको अनुसन्धान सही हुने हो भने संसारमा एपीडर्मोडिस्प्लासिया वेरुसिफर्मिसबाट प्रभावित भएर चर्चामा आउने कमै व्यक्तिमा पर्नेछिन् । यो एक दुर्लभ वंशाणुगत बिमार हो, जसमा रुखको बोक्राजस्ता संरचना मानिसको शरीरमा आउछ, खास गरी हात र खुट्टामा । संसारमा यो रोकबाट प्रभावित हुने औलामा गन्न सकिने विरामी मात्रै छन् र सबै पुरुष छन् ।

केही मानिसहरु यस रोगबाट लाचार बन्ने गरेका छन् र एक व्यक्ति जो आफ्नो सानी बच्चीलाई भएको यस्तो रोगका कारण चिन्तित बनेका छन् । अबुल बाजंदारको दुवै हातमा रुख जस्तो मासु पलाएको छ । जसको तौल पाँच किलोसम्म पुगेको छ । अब उनको खुट्टामा समेत यसैप्रकारको मुसा आउन थालेको छ र यो कुनै रुखजस्तो देखिन्छ । २७ वर्षीय बाजंदर यस्तो विराम भेटिएकी पहिलो बंगलादेशी हुन् । अहिले उनको ढाका मेडिकल हस्पिटलमा १६ वटा अलक सर्जरी हुनेछ । त्यसपछि उनले आफ्नो हातलाई पुनः प्रयोग गर्नसक्नेछन् । डाक्टरले समाचार एजेन्सी एएफपीलाई छिट्टै अस्पतालबाट डिस्जार्च गरिने जनाएका छन् । उनको उपचार गर्ने चिकित्सकले पनि शहानाको अनुहारमा पनि यस्तै प्रकारको समस्या आएको हो कि भन्ने आशंका गरेका छन् ।

उनका बाबु मोहम्म शाहजहाँलाई आफ्नी छोरीको पनि उपचार हुने कुराले थोरै सन्तोष मिलेको छ । उनले भने, ‘हाम्रो परिवार धेरै गरिब छ । मेरी छोरीले ६ वर्षको उमेरमा नै आफ्नी आमालाई गुमाएकी छ । मलाई मेरी छोरीको सुन्दर अनुहारबाट यी मुसाहरुलाई हटाउनेछन् ।’ चिकित्सकहरुले शहानामा यो विराम त्यति धेरै नफैलिएका कारण समयमा नै ठीक हुने विश्वास व्यक्त गरेका छन् ।

साभार ः राजधानी दैनिक

७२ वर्ष अघि यसरी ल्याईएथ्यो काठमाण्डौमा गाडी



तस्बिरमा देखिएका धनबहादुर गोले हुन्। धनबहादुर एकमात्र जिवित भरिया हुन जसले पहाडी बाटोमा कार बोकेर काठमाडौं ल्याएका थिए। काठमाडौंका शासकका लागि मोटर चढाउन काँध दुखाएका यी भरिया अहिले ९२ वर्षका भए।
नेपालको राजधानी काठमाडौं जोडिने पहिलो राजमार्ग सन् १९५६ मा बन्यो। राणाहरु कारका सौखिन भए पनि यहाँसम्म गुडाएर ल्याउने बाटो थिएन। त्यसैले एकमात्र विकल्प भनेको भरियाहरु थिए। २० वर्षको उमेरमा भारी खेप्न गएका उनले कार भन्ने जिनिस के हो समेत चाल पाएका थिएनन्।

काठमाडौंबाट १६ किलोमिटरमात्र दुरीमा रहेको चित्लाङमा सन् १९२२ मा जन्मिएका थिए उनी। उनको गाउँमा कार पुग्ने बाटो पुगेकै पनि एक दशक नाघेको छैन।




धनबहादुरका बाबु किसान थिए र कर संकलक पनि। सन् १९५१ सम्म कायम राणा शासनमा कर उनीहरुले नै बुझ्थे। 'हामीसँग पैसा रहन्नथ्यो। सबै कर राणाहरुले लिन्थे। हामी आफ्नोलागि खेतीमै जोतिनुपर्थ्यो,' उनले भने।

अर्कोतिर राणाहरु थिए जो मर्सिडिज र फोर्ड कम्पनीका लग्जरी कार उनीहरुलाई बोकाएरमात्र ल्याउँदैन थिए त्यसका लागि चाहिने इन्धनको भारी पनि थोपार्थे। भारतबाट पहाडी बाटो हुँदै काठमाडौंमा गाडी भित्र्याइन्थ्यो।

साभार ः पहिलो पोष्ट

अाफ्नै पतिले दुबैकान काटिदिएपछि

अफगानिस्तानमा एक २३ वर्षीया युवतीका दुवै कान आफ्नै श्रीमानले काटिदिएका छन् । उत्तरी प्रान्त बाल्खकी जरिना नाम गरेकी युवती पतिले कान काटिदिएपछि उपचारका लागि अस्पतान भर्ना भएकी छन् ।

घटनापछि जरिनाका श्रीमान् भागेको प्रहरीले जनाएको छ । जरिनाले भनिन्, ‘मेले कुनै पाप गरेकी छैन, तर मेरा श्रीमानले किन यसो गरे मलाई थाहा छैन ।’

उनले आफूसँग कुनै झगडा नै नभई अचानक आएर आक्रमण गरेको बताइन् । जरिनाले आफ्नो १३ वर्षको उमेरमा विवाह भएको र पतिसँग सम्बन्ध राम्रो नरहेको पनि उल्लेख गरेकी छन् । उनले अब आफूले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहेको पनि बताइन् । उनले आफूलाई बाबुआमासँग भेट्न समेत नदिने गरेको गुनासो गरेकी छन् । उनले पतिलाई पक्राउ गरेर मुद्धा चलाउन समेत माग गरेकी छन् ।अफगानिस्तानमा एक २३ वर्षीया युवतीका दुवै कान आफ्नै श्रीमान्ले काटिदिएका छन् । उत्तरी प्रान्त बाल्खकी जरिना नाम गरेकी युवती पतिले कान काटिदिएपछि उपचारका लागि अस्पतान भर्ना भएकी छन् ।

साभारः राजधानी

अमेरिका द्वारा कुलमान घिसिङको प्रशंसा

अमेरिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ । अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले एक दैनिकमा ‘भ...